आन्दोलनरत रूबी खान नेतृत्वको टोलीसँग वार्ता गर्न गृहले बनायो समिति

काठमाडौंको माइतीघरमा आन्दोलनरत रुबी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयले शुक्रबार खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने छन्।

खानसँग टेलिफोनमा कुराकानी गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वार्ता समिति गठन गरेका हुन्।

समितिले खानसँग सम्पर्क गरी शनिबारदेखि नै वार्ता गर्ने तयारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रबार खानसँग भेटघाट गरेका थिए।

खान निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाही र सुमदरानी थारूको बलात्कारपछि हत्या आरोपितलाई कारबाही गर्न माग राख्दै माइतीघरमा अनशन बस्दै आएकी छिन्। उनी ८ दिनदेखि अनशनमा छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *