क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा २ जना पक्राउ

बारा । बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्या मा संलग्न भएको आशङ्कामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित घरबाट कलैयातर्फ फर्किने क्रममा २ वटा मोटरसाईकलमा सवार ४ जनाको अज्ञात समूहले कुशवाहाको गोली प्रहार गरी हत्या गरेको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

क्याम्पस प्रमुखको हत्यामा संलग्न रहेको आशङ्कामा २ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता न्यौपानेले कुशवाहाको पिठ्युँमा १ राउण्ड गोली लागेको बताए । ‘क्याम्पस प्रमुख कुशवाहाको हत्या घटनामा संलग्न र यसको  कारणबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता न्यौपानेले भने।

राजाराम बहुमुखी क्याम्पसका प्रमुख कुशवाहा शुक्रबार बिहान काम विशेषले बाराको आर्दशकोतवाल गाउँपालिका–२ खजुरियास्थित गाउँको घर गएका थिए।

उनी अहिले साँझ ५ बजे घरबाट फर्किने क्रममा सोही पालिकाको वडा नं ३ बतरा भन्ने ठाउँमा अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *