एमाले मोरङका तीन जना निस्कासित, अरु ३ जनालाई २४ घण्टे स्पष्टिकरण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मोरङले मानगढ खानेपानीको निर्वाचनको विषयलाई लिएर तीन जनालाई पार्टीको जिम्मेवारीबाट निस्कासन गर्दै साधारण सदस्यबाट समेत निलम्बव गरेको छ।

विराटनगर महानगरपालिका ३ का लालमणी भट्टराई, सागर थापा र नवराज नेपाललाई अनुशासनको कारबाही गरेको छ। पार्टी विधानको धारा ८० को उपधारा ३ र ६ बमोजिम पार्टी निर्णय विपरित क्रियाकलाप गरेको भन्दै पार्टी कमिटिको पदबाट निस्कासन गरिएको छ।

विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एमालेले राम घिमिरेलाई उम्मेदवार बनाएको थियो। तर पार्टीको निर्णयविपरित उम्मेदवारी दिने र समर्थन गर्नेलाई एमालेले कारबाही गरेको हो।

एमालेले यसअघि छानविन र कारबाही सिफारिसका लागि कार्यदल गठन गरेको थियो। कार्यदलको सिफारिसमा अध्यक्ष कार्कीले कारबाही गरेका हुन्।

नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष बाबुराम कार्कीले उनीहरुलाई अनुशासनको कारबाही गरिएको पत्र दिएका हुन्। पत्रमा पार्टीको सदस्यता समेत निलम्बन गरिएको उल्लेख छ।

यस्तै अध्यक्ष कार्कीले जिल्ला कमिटि सदस्य मुकेश बुढाथोकी, सन्दीप पोखरेल र सुरज न्यानैपानेलाई स्पष्टिकरण सोधेका छन्। मानगढ खानेपानी संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरित गएको भन्दै आधार र कारणसहित २४ घण्टाभित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *