नेपाललाई पहिलो सफलता, दीपेन्द्रले लिए विकेट
मकालु खबर
२०८१ असार १ गते
काठमाडौं । टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।
क्वीन्टन डी कक १० रन बनाएर आउट भए । टी-२० क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाको यो पहिलो भेट हो ।
प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ । दक्षिण अफ्रिका भने यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ ।
मकालु खबर
२०८१ असार १ गते
प्रतिक्रिया
सम्बन्धित