नेपाललाई तेस्रो सफलता, कुशलले लिए अर्को महत्वपूर्ण विकेट

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता पनि पार्टटाइम स्पिनर कुशल भुर्तेलले दिलाए ।

उनले १३.२ ओभरमा आक्रामक ब्याटर हेनरिक क्लासेनलाई तीन रनमा करण केसीको हातबाट क्याच आउट गराए । यस्तै, उनले नै ११.२ ओभरमा कप्तान एडन मार्कमलाई १५ रनमा बोल्ड गरे ।

नेपालले पहिलो विकेट ३.४ ओभरमा लिएको थियो । नेपाललाई पहिलो सफलता अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले आक्रामक ब्याटर क्विन्टन डिककलाई १० रनमा पवेलियन फर्काए ।

नेपाल–दक्षिण अफ्रिकाबीचको खेल सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको हो । नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *