दीपेन्द्रलाई व्यक्तिगत तेस्रो सफलता, दक्षिण अफ्रिकाको पाँचौँ विकेट गुम्यो

काठमाडौं । टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

डेभिड मिलर मात्र ७ रन बनाएर आउट भए । टी-२० क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाको यो पहिलो भेट हो ।

६ महिनापछि मैदान फर्किएका स्टार लेगस्पिनर सन्दीप लामिछानेले दुई ओभर बलिङ गरिसकेका छन् । उनले २ ओभरमा विकेट लिन नसके पनि कसिलो बलिङ गरेका छन् । सन्दीपले दुई ओभरमा मात्र रन दिएका छन् ।

प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ । दक्षिण अफ्रिका भने यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *