धरापमा नेपाल, ८ बल गुमायो तीन विकेट

काठमाडाैं । नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटको रूपमा कुशल मल्ललाई गुमाएको हो ।

उनी १८.२ ओभरमा एनरिक नोर्टजेको बलमा दुई रनमा बोल्डआउट भए । नेपालले पाँचौं विकेटको रूपमा ओपनर आसिफ शेखलाई गुमायो । उनले आज ४९ बलमा चार चौका र एक छक्कासहित ४२ रनको पारी खेले । आसिफ १८औँ ओभरको अन्तिम बलमा आउट भए ।

नेपालले चौथो विकेटको रूपमा दीपेन्द्र सिंह ऐरीलाई गुमायो । उनी १७.२ ओभरमा ६ रनमा आउट भए । नेपालले तेस्रो विकेटको रूपमा अनिलकुमार साहलाई गुमायो । उनी १८.४ ओभरमा २७ रनमा क्याच आउट भए । अनिललाई कप्तान एडन मार्कमले पवेलियन फर्काए । अनिलले आज २४ बलमा तीन चौका र एक छक्कासहित २७ रनको पारी खेलेका हुन् । दक्षिण अफ्रिकाविरुद्ध लडखडायो नेपाल, गुमायो छैटौँ विकेट

उनले ओपनर आसिफ शेखसँग अर्धशतकीय साझेदारी गरे । नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो । उनी ७.४ ओभरमा शून्यमै बोल्ड भए । नेपालले पहिलो विकेट ७.२ ओभरमा गुमायो । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।

उनी पनि ताबरिज शाम्सीको बलमा १३ रनमा बोल्ड भए । त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर रीजा हेन्ड्रिक्सले ४९ बलमा एक छक्का र पाँचौं चौकासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २७, कप्तान एडन मार्कमले १५ र क्विन्टन डिककले १० रन जोडे । नेपालका लागि अलराउन्डर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे ।

भुर्तेलले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण चार विकेट लिए । उनले कप्तान एडन मार्कम, हेनरिक क्लासेन, मार्को यान्सन र कागिसो रबाडाको विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । उनले कप्तान एडन मार्कम, रीजा हेन्ड्रिक्स र डेविड मिलरको विकेट हात पारेका हुन् ।

नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गरिरहेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ ।

यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । नेपाल अब सिनियर क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराउँदै इतिहास रच्न चाहन्छ । यद्यपि उच्च लयमा रहेको दक्षिण अफ्रिकालाई हराउन सहज छैन ।

ऊ एक खेलअगावै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई हराइसकेको छ । अब ऊ नेपाललाई पनि हराउँदै अपराजित सुपर आठ चरण खेल्न चाहन्छ ।

नेपाल भने दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै सुपर आठ सम्भावना जीवित राख्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहो¥यो । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको नेपाल अहिले तालिकाको चौथो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *