सोझै २०२६ को टी-२० विश्वकप खेल्ने दौडबाट पनि बाहिरियो नेपाल
काठमाडौं – नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपको सुपर-८ बाट बाहिरिएको नेपालले सोझै २०२६ को विश्वकप खेल्ने अवसर गुमाएको छ । समूह ‘डी’ मा रहेको नेपालले बिहान दक्षिण अफ्रिकासँग एक रनको हार बेहोरेपछि नेपालले सोझै आउँदो संस्करणको विश्वकप खेल्ने अवसर गुमाएको हो ।
यदि सुपर-८ मा स्थान बनाउन सकेको भए नेपालले छनोट प्रतियोगिता नखेलेर विश्वकपमा स्थान सुरक्षित गर्ने थियो । तर, सुपर-८ मा पुग्न वञ्चित भएसँगै नेपालले आउँदो विश्वकपमा पुग्न एसिया क्षेत्र छनोट खेल्नुपर्नेछ । सुपर ८ बाहेक आइसिसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।
लयमा देखिएको दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल जितको खाता खेल्न नसकेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याए नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन आवश्यक थियो । यस ओभरको सुरुवाती दुई बलमा गुलशन झाले रन जोड्न सकेनन् । तेस्रो बलमा चौका हिर्काएका उनले चौथो बलमा दुई रन लिए ।
गुलशनले बाँकी दुई बलमा भने रन जोड्न सकेनन् । खेल सुपर ओभरमा धकेल्न उनीसँग समय थियो । तर, रोकिएर अगाडि बढ्न खोज्दा उनी रनआउट भए । र, नेपाल जित नजिक पुगेको खेलमा स्तब्ध भयो ।
यो पनि : एक रनले हार्यो नेपाल, सकियो सुपर-८ सम्भावना