मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुईको मृत्यु

काठमाडौं । मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुई जनाको मृत्यु भएको बृहन्मुम्बई नगर निगम (बिएमसी) ले जनाएको छ ।

घटनामा केही व्यक्ति घाइते भएको मुम्बई फायर ब्रिगेडले सूचना पाएपछि फायर अफिसरहरू तुरुन्त घटनास्थलमा पुगेको थियो । घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ ।

जुन १३ मा महाराष्ट्रको ठाणेको कलवार क्षेत्रमा आवासीय भवनको एक भाग ढलेपछि तीन जना घाइते भएका थिए भने ३० जनाभन्दा बढीलाई उद्धार गरिएको थियो ।

अधिकारीहरूले यो घटना ओम कृष्णा सहकारी आवास सोसाइटीमा भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *