मधेस प्रदेशले ल्यायो ४३ अर्बको बजेट
मकालु खबर
२०८१ असार १ गते
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। शनिबार प्रदेशसभामा अर्थमन्त्री भरत साहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
अर्थमन्त्री साहले आगामी वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेका हुन्।
यसअघि प्रदेश सरकारले ल्याएको भन्दा १ अर्ब कम बजेट उनले ल्याएका छन्।
उनी मधेशका चौथो अर्थमन्त्री हुन्। यसअघि पहिलो विजय कुमार यादव, दोस्रो शैलेन्द्र साह, तेस्रो सञ्जय यादव अर्थमन्त्रीको रुपमा थिए।
दिउँसो ४ बजेका लागि बोलाइएको मधेश प्रदेशसभा बैठक बेलुकी ८ बज्न लाग्दा मात्रै सुरु भएको थियो। अबेर बसेको मन्त्रिपरिषद्ले पारित गरेको बजेट अर्थमन्त्री साहले प्रदेशसभामा प्रस्तुत गरेका थिए।
मकालु खबर
२०८१ असार १ गते
प्रतिक्रिया
सम्बन्धित