भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द
मकालु खबर
२०८१ असार १ गते
टी–२० विश्वकपमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको छ । अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरे।
वर्षाका कारण यो मैदानमा लगातार तेस्रो खेल हुन नसकेको हो । फ्लोरिडामा वर्षाका कारण आजको खेलको टस समेत हुन सकेन ।
फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ । टी–२० विश्वकपको इतिहासमा भारतको दोस्रो खेल रद्द भएको छ । सन् २००७ मा भारत-स्कटल्यान्डको खेल पनि रद्द भएको थियो।
पाकिस्तान र आयरल्याण्डबिच समूह ए को अन्तिम खेल आइतबार फ्लोरिडाको यही मैदानमा हुनेछ । तर, दुवै टोली सुपर–८ को दौडबाट बाहिरिसकेका छन् । यस्तो अवस्थामा यो खेल औपचारिकता मात्र हुनेछ ।
मकालु खबर
२०८१ असार १ गते
प्रतिक्रिया
सम्बन्धित