बेरुजुले निर्माण व्यवसायीहरूलाई प्रत्यक्ष असर पर्छ : दीपकबहादुर सिंह

काठमाडौँ । निर्माण व्यवसायीहरूको गुनासोलाई महालेखापरीक्षक कार्यालयले सुन्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

आइतबार नेपाल निर्माण व्यवसायी महासंघले काठमाडौंमा आयोजना गरेको पूर्वाधार विकास सुशासनमा बेरुजु न्यूनीकरण विषयक संवाद कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

उनीहरुले निर्माण व्यवसायीहरूका गुनासोलाई पनि महालेखाले सुनुवाइ गरिदिन आवश्यक रहेको बताए । उनीहरुले निर्माण व्यवसायीहरूको बदमासी भएपनि व्यवसायीहरूलाई चित्त बुझाएर पठाउन सक्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले मुलुकमा युवा र उद्योगी व्यवसायीहरू समेत विदेशी भएको भन्दै नेपालमा राजनीतिक पार्टीले डामेका उपभोक्ता समितिका साढे बाहेक कोही नभएको दाबी गरे । उनले मुलुक निर्माणको लागि निर्माण व्यवसायीहरूको काँधमा आएकाले महालेखापरीक्षक कार्यालयले गुनासो सुन्न आवश्यक रहेको बताए ।

उनले मुलुकका भएको भ्रष्टाचार तलबाट नभई माथिबाट रोक्न जरुरी रहेको बताए । उनले नेपाल सरकारका सचिवहरूले रिटार्यड भएको पाँच वर्षसम्म विदेशी संस्थाहरूमा काम गर्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले मुलुकमा नेता कर्मचारीहरूका छोरा–छोरी सबै विदेश गएको तर निर्माण व्यवसायीहरू मात्रै देशमा रहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले खरिद नियमावलीमा भएको खरिदका विभिन्न विधिको कारणले पूर्वाधार विकास र सुशासनमा बेरुजु वृद्धि भइरहेको बताए । उनले पूर्वाधार विकासमा उस्तै प्रकृतिका काम भएर पनि बेरुजु बढेको बताए । उनले सरकारको ८० प्रतिशत भुक्तानी हुने बेलासम्म पेस्की फर्छ्यौट भइसक्नुपर्ने भने पनि अवधि नभनेको तर त्यहाँ अवधि मानेर बेरुजु निकाल्ने काम भएको बताए ।

सचिव सिग्देलले निर्माण व्यवसायी कम्पनीको फल्टको कारणले म्याद थप नहुने बताए । उनले निर्माण कम्पनीको फल्ट भन्दा पनि कामदारको फल्ट भएकाले त्यस्ता आयोजनाहरूमा म्याद थप दिन आवश्यक रहेको बताए । उनले महालेखापरीक्षकको कार्यालयले कानुनमा नभएको कुरा कानुन बनाउनु भन्नु भन्दा पनि कानुनमा भए अनुसारको अडिट गर्न आवश्यक रहेको बताए । उनले कानुनमा भएको कुरा पालना नगरेको भन्ने भन्दा पनि कानुनमा नलेखेको कुरामा लेखेपछि ठिक हुन्छ भन्ने विषय सान्दर्भिक नहुने बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुमा निर्माण व्यवसायीहरू तेस्रो पक्ष नभएको बताए । उनले बेरुजुले निर्माण व्यवसायीहरूलाई प्रत्यक्ष असर पर्ने बताए । उनले बेरुजु फर्छ्यौट गर्ने भनेर असुलउपर गर्ने प्रक्रिया पनि गलत रहेको बताए । उनले सम्बन्धित कार्यालय, सम्बन्धित लेखा अधिकृतलाई जिम्मेवार बनाउने भने पनि सिधा असर निर्माण व्यवसायीलाई भएको बताए ।

उनले निर्माण व्यवसायीहरूको घर खेत गएर समाप्त भइरहेको दाबी गरे । उनले डकुमेन्टमा भएका विषय पालना गर्दा बेरुजु उठ्छ भने डकुमेण्ट बन्ने प्रक्रियालाई सुधार गर्न आवश्यक रहेको बताए ।

उनले डकुमेण्ट बन्ने प्रक्रियालाई सुधार नगरी निर्माण कम्पनीलाई आर्थिक नोक्सानी पुर्याउने काम भइरहेको बताए । उनले त्यसबाट निर्माण कम्पनीहरू समाप्त हुने दिशामा गइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *