धर्मरायो नेपालको ब्याटिङ, २६ रन बनाउँदा ५ गुम्यो
काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा चार विकेट गुमाएको छ । नेपालले चौथो विकेटको रूपमा लयमा देखिएका ओपनर आसिफ शेखलाई गुमाएको हो ।
उनी ५.४ ओभरमा मुस्तफिजुर रहमानको बलमा १७ रनमा क्याच आउट भए । नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो ।
उनी ४.२ ओभरमा एक ओभरमा क्याच आउट भए । नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको थियो । सो ओभरको पहिलो बलमा कुशल भुर्तेल चार रनमा बोल्ड भए । यही ओभरको तेस्रो बलमा ठूलो सर्ट हिर्काउनेक्रममा अनिलकुमार साह शून्यमै आउट भए । उनीहरू तीनै ब्याटरलाई तन्जिम हसन साकिबले पवेलिएन फर्काएका हुन् ।
त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भयो । नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर-८ दौडबाट बाहिरिएको थियो ।