आइसिसी टी-२० विश्वकपको ‘सुपर-८’ समीकरण पूरा, अब कुन टोली कहाँ ?

काठमाडौँ । टी-२० विश्वकप क्रिकेटमा ‘सुपर-८’ प्रवेश गर्ने बंगलादेश अन्तिम टोली बनेको छ । यो सँगै ‘सुपर-८’ समीकरण पूरा भएको हो ।

सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गर्दै ‘सुपर-८’मा प्रवेश गर्‍यो । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटिँदा सहज रुपमा जित हासिल गर्‍यो ।

विश्वकपको ‘सुपर-८’मा समूह ‘ए’ बाट भारत र अमेरिका प्रवेश गर्दा समूह ‘बी’ बाट अस्ट्रेलिया र इंग्ल्यान्डले अन्तिम आठमा स्थान बनाए । समूह ‘सी’ बाट अफगानिस्तान र वेस्टइन्डिज प्रवेश गर्दा समूह ’डी’ बाट दक्षिण अफ्रिका र बंगलादेशले स्थान बनाउन सफल भए ।

अब ‘सुपर-८’को १ नम्बर समूहमा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहँदा २ नम्बर समूहमा अमेरिका, इंग्ल्यान्ड, वेस्टइन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्ने छन् । हरेक समूहबाट शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् । सुपर-८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *