५४ वर्षीय सुरेशले चलाएको बाइक ठोक्किँदा ७४ वर्षका चित्रबहादुरको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से ५ प ६१६० नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतवार मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकल र चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *