सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि
मकालु खबर
२०८१ असार ३ गते
काठमाडौँ । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि सुरु हुने भएको छ ।
खेल मङ्गलवारबाट सुरु भई शुक्रवार सम्पन्न हुनेछ । गोकर्ण गल्फ क्लबमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौँ हुनेले ८८ हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी शीर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तिपछि कट लागु हुनेछ । जसबाट शीर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले बताएको छ ।
शनिवार प्रो एम च्याम्पियनसिप पनि हुनेछ । जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
मकालु खबर
२०८१ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित