बेल्जियम स्लोभाकियासँग स्तब्ध, रोमानियाको विजयी सुरुवात

काठमाडौँ । जारी युरोकपमा बेल्जियम पहिलो खेलमै स्लोभाकियासँग स्तब्ध भएको छ । गएराती सम्पन्न समूह इ अन्तर्गतको खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्लोभाकियाको जितमा खेलको सातौँ मिनेटमा इभान चरान्जले गरेको गोल नै खेलको निर्णायक गोल बनेको हो । यस खेलमा बेल्जियमले पाएका कैयौं अवसरलाई गोलमा परिणत गर्न असफल भएको थियो । बेल्जियमका रोमेलु लुकाकुले गरेका दुई गोल भारले रद्द गरेको थियो । यो हारले बेल्जियम नकआउट चरणमा जाने बाटो कठिन बनेको छ ।

समूह इ अन्तर्गत अब बेल्जियमले अर्को खेल जुन २३ मा रोमानियाविरुद्ध खेल्ने छ । बेल्जियम जस्तो बलियो टिमलाई हराएर महत्वपूर्ण ३ अंक बटुलेको स्लोभाकियाले अर्को खेल जुन २१ मा युक्रेनविरुद्ध खेल्ने छ ।

त्यसअघिको खेलमा रोमानियाले पनि विजयी सुरुवात गरेको छ । सोमबार राती सम्पन्न समूह इ अन्तर्गतको खेलमा रोमानियाले युक्रेनलाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

रोमानियाको जितमा निकोला स्टानसिउ, राजभान मारिन र डेनिस ड्रागसले एक एक गोल गरेका थिए । यो जितपछि रोमानियाले समूह इ मा महत्वपूर्ण तीन अंक बटुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *