विश्वकपको सुपर– ८ मा नपुगेपछि न्युजिल्यान्डका कप्तानले दिए राजीनामा
मकालु खबर
२०८१ असार ५ गते
काठमाडौं । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टिमको कप्तानीबाट राजीनामा दिने भएका छन् ।
विश्वकपमा टिमको प्रदर्शन सन्तोषजनक नरहेपछि विलियम्सन कप्तानी छाड्ने निर्णय लिएका हुन् ।
टेस्ट कप्तानी यसअघि नै छाडेका विलियम्सनले अव ओडीआई र टी–२० आईको पनि कप्तानी नगर्ने जनाएका छन् ।
३३ वर्षीया विलियम्सनले भविष्यमा केन्द्रीय सम्झौता स्वीकार गर्ने सम्भावनाको लागि खुला रहेको पनि बताएका छन् ।
केनले भने, ‘टिमलाई ढाँचाहरूमा अगाडि बढाउन मद्दत गर्नु भनेको म धेरै भावुक छु र म योगदान गरिरहन चाहन्छु ।’
न्युजिल्याण्डको केन्द्रीय अनुबन्धको अन्तिम सूची अर्को महिना घोषणा हुने अपेक्षा गरिएको छ ।
मकालु खबर
२०८१ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित