ग्लोबल बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

काठमाडौँ । ग्लोबल आइएमई बैंक सम्पूर्ण नेपालीहरूमाझ बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले सबैका लागि बैंक भन्ने मूलनारा सहित २०६३ सालमा स्थापना भएको बैंक हो । ग्लोबल आइएमई बैंकले वित्तीय सूचकंहरुको माध्यमबाट अब्बल स्थापित गरिसकेको छ । बैंकले विश्वभरि रहेका नेपाली नागरिकहरूलाई बैंकिङ्ग सेवा दिने प्रयास स्वरूप विश्वका विभिन्न मुलुकहरूमा बैंकको प्रतिनिधि कार्यालयहरू राखी सेवा सञ्चालन गरिरहेको छ ।

बैंकले नवीनतम सेवा तथा सुविधाहरूमा सार्वजनिक गरी बैंकको ग्राहकहरूलाई प्रविधिमा आधारित सेवाहरू प्रदान गरिरहेको छ । यस बैंकले सार्वजनिक गरी प्रदान गरिरहेको सेवाहरू लोकप्रिय पश्चात् अन्य वित्तीय संस्थाहरूले पनि उक्त सेवा तथा सुविधालाई अंगिकार गरेको बैंकले जनाएको छ ।

बैंकले ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैैंक तथा वित्तीय संस्थाको विभिन्न सुचंकहरुको सूक्ष्म मुल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैङ्कहरू छनौट गर्दै आइरहेको जानकारी दिएको छ । उक्त ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्थरमा प्रतिष्ठित अवार्डको रुपमा परिचित छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

एसिया प्यासिफिक अन्तर्गत नेपालको बैंक ग्लोबल आइएमई बैंकले उक्त सम्मान पाएको हो ।

बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले  बैंकलाई विश्वको उत्कृष्ट १,००० बैंकमा समावेश गर्ने लक्ष्य राखेको बताएका छन् ।

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो ।

बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको हो  ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैङ्कहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’ को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्ने जनाएको छ ।

 ‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट ग्लोबल आइएमई बैंक सम्मानित

सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो ।

युरोमनी म्यागेजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन ।

अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई बैंकको A रेटिङ

इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई [ICRANP–IR] A प्रदान गरेको छ ।  यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।

ग्लोबल आइएमई बैंकलाई ‘वेस्ट इन्टरनेट बैंक २०१६–नेपाल’ अवार्ड

ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन ‘इन्टरनेशनल फाइनान्स म्यागजिन’ द्वारा घबेष्ट इन्टरनेट बैंक २०१६–नेपाल’ अवार्डबाट सम्मानित भएको थियो । सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो  ।

ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक नेपाली भाषा ९देवनागिरिमा० इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।

बैंकले आफ्ना ग्राहकहरु माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था

ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गरेका थिए ।

ग्लोबल आइएमई बैंक लिमिटेड विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ ।

सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

साथै, बैंकले देश भित्रका विभिन्न अभियानहरूमा नेत्तृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैंकले नेपाल सरकार वा सरकारका मातहतका विभिन्न संस्थाहरु वा विदेशी संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ । बैंकले वातावरणीय प्रदूषण कम गर्नको लागि विभिन्न किसिमका गतिविधि सञ्चालन गरिरहेको छ । बैंकले आफ्नो कार्यालय भित्र प्लास्टिकजन्य वस्तुहरूको कम प्रयोग गर्ने अभियान सुचारु गरी अन्य बैंक तथा वित्तीय संस्था र सम्पूर्ण व्यवसायलाई यस अभियानमा लाग्न समेत आव्हान गरेको छ ।

बैंकले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पहुँच विस्तारको लागि पनि न्यूनतम ब्याजदरमा कर्जा विस्तार गर्दै आइरहेको छ । बैंकको ग्रिन आवास कर्जा योजनाको विशेषताहरूलाई हेर्ने हो भने यस बैंकलाई जिम्मेवार संस्थाको रुपमा हेर्न सकिन्छ । यस बैंक एक कर्पोरेट सिटिजन भएका कारणले यसले आफू स्थापित भएको समाजलाई एक असल नागरिकको परिचय दिई सेवा सञ्चालन गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएको छ ।

बैंकले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आकर्षण गर्नको लागि न्यूनतम ब्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसीसंग ५६ मिलियन डलर ऋण लिई लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गका क्षेत्रहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ ।  यस्ता कर्जाहरूको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *