लेबनानी गाउँमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ९ घाइते

एजेन्सी । दक्षिणी लेबनानी गाउँमा इजरायली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

इजरायली ड्रोनहरूले दुई कारहरूमा छ वटा मिसाइलहरू प्रहार गरेका थिए । पहिलो कारमा एक नागरिकको मृत्यु भएको हो भने दोस्रो कारमा अन्य आठ जना घाइते भएका छन् । अर्का एक घाइते अल–बोरघोली गाउँमा साइकलमा सवार थिए ।

इजरायली लडाकु विमानहरूले मङ्गलवार दक्षिणी लेबनानको सीमा क्षेत्रका चार सहर र गाउँहरूमा आक्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *