युरोकपमा आज डिफेन्डिङ च्याम्पियन इटाली र स्पेन भिड्दै

युरोकपमा आज राति डिफेन्डिङ च्याम्पियन इटालीले स्पेनको सामना गर्दैछ। पहिलो खेलमा दुवै टोलीले जित हात पारेका थिए। तर, गोल अन्तरका आधारमा स्पेन समूह ‘बी’ को शीर्ष स्थानमा छ।

क्रोएसिया र अल्बानिया पनि यही समूहमा छन्। किकअफ गेलसेनकिर्चेनमा नेपाली समयानुसार राति १२:४५ बजे खेल सुरु हुनेछ।

विश्वकप २०२२ मा तेस्रो भएको क्रोएसियामाथि स्पेनले ३–० को सहज जित हासिल गरेको थियो। तर, गत संस्करणको युरोकप विजेता इटालीलाई भने अल्बानियाविरुद्ध जित निकाल्न निक्कै संघर्ष गर्नुपरेको थियो।

नेदिम बजरामीले खेलको २३ सेकेन्डमै गोल गर्दा इटाली खेलमा १–० ले पछि परेको थियो। तर, अलेसेन्ड्रो बास्टोनी र निकोलो बारेलाले गोल गरेपछि इटाली २–१ ले विजयी भएको थियो।

वेम्बली रंगशालामा भएको गत संस्करणको युरोकपमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। फाइनलमा इङ्ग्ल्यान्डलाई पेनाल्टीको साहरामा हराउँदै इटालीले उपाधि चुमेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *