टेलिकम कार्यालयमा करेन्ट लागेर मजदुरको मृत्यु

सर्लाहीको टेलिकम कार्यालयमा करेन्ट लाग्दा एक जना मजदुरको मृत्यु भएको छ। करेन्ट लागेर सर्लाहीको बरहथवा नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार बिहान सवा ११ बजे सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर आवोध ठाकुर र उनका भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका थिए।

दुवै जनालाई एडभान्स सञ्जिवनी अस्पताल बरहथवामा भर्ना गरिएको थियो। उपचारको क्रममा आवोधलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

मृतकका भाई आनन्द ठाकुरको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *