उपाधि दाबेदार इङ्ग्ल्यान्ड डेनमार्कसँग रोकियो

काठमाडौँ । इङल्याण्ड डेनमार्कसँग बराबरीमा रोकिएको छ । जारी युरोकपको समूह सी अन्तर्गतको खेलमा डेनमार्कले इङल्याण्डलाई १-१ गोलको बराबरीमा रोकेको हो ।

गएराती सम्पन्न खेलमा इङल्याण्डले खेलको १८औ मिनेटमा ह्यारी केनको गोलमा सुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा अंक बाँडेको थियो । डेनमार्कका लागि खेलको ३४औं मिनेटमा मोर्टेन हजुलमण्डले डी बक्स बाहिरबाट शानदार गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र दुवै देशले एक एक अंक बाँडेका थिए ।

यो बराबरीपछि समूह सी मा इङल्याण्डको २ खेलमा ४ अंक भएको छ भने डेनमार्कको २ खेलमा २ अंक भएको छ ।

अब समूह चरणको अन्तिम खेलमा इङल्याण्डले जुन २६ मा स्लोभेनियासँग र डेनमार्कले सोही दिन सर्बियासँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *