भोली इरान जाँदै परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान जाने भएका छन् ।

शनिवार एसियाको–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन उनी इरान जान लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भ्रमणमा क्रममा मन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता गर्नेछन् ।

मन्त्री श्रेष्ठ बुधवार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *