टर्कीको जंगलमा आगलागी : ५ जनाको मृत्यु, ४४ घाइते

एजेन्सी । दक्षिणपूर्वी टर्किको जङ्गलमा लागेको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ । साथै ४४ जना घाइते भएको टर्कीका गृहमन्त्री अलि येर्लिकायाले बताएका छन् ।

दियारबाकिर प्रान्तको सिनार जिल्ला र मार्डिन प्रान्तको माजिदागी जिल्ला बीचको खेतीयोग्य क्षेत्रमा बिहीबार राति परालमा आगो लागेको थियो । त्यसबाट आगो सल्किँदै जंगलसम्म पुगेको बताइएको छ ।

हावाहुरीका कारण लागेको आगो छिट्टै फराकिलो क्षेत्रमा फैलिएको भएपनि दमकलको हस्तक्षेपपछि अहिले नियन्त्रणमा लिइएको बताए । यो साता अत्यधिक गर्मी र सुख्खा मौसमको पूर्वानुमान गरिएकोले जंगलमा आगलागीको उच्च जोखिम रहेको भन्दै स्थानीय अधिकारीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *