भारत र अमेरिकासहित ८ देशका राजदूत सिफारिस

सरकारले ८ देशका राजदूत नियुक्तिका लागि  सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू सिफारिस गरेको हो ।

पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । उनी एमालेको कोटाबाट सिफारिस भएका हुन् ।

रेग्मीलाई यसअघि २०७७ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।

एमालेकै कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका छन् । माओवादी कोटाबाट डा विजय पन्त बेलायतका लागि सिफारिस भएका छन् ।

त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

सिफारिस भएका ८ मध्ये ५ एमाले, एक माओवादी केन्द्र र २ जसपाको कोटाका हुन्। अब उनीहरूको संसदीय सुनुवाइ गरिनेछ। त्यसपछि नियुक्ति हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *