युरोकपमा बेल्जियमलाई हराएको स्लोभाकिया युक्रेनसँग स्तब्ध

युरोकपमा युक्रेनले स्लोभाकियाविरुद्ध २–१ गोलको पुनरागमन जित निकालेको छ।

समूह ‘इ’ को आफ्नो दोस्रो खेलमा युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले गोल गरे। यता, स्लोभाकियाको लागि इभान श्रान्जले पहिले गोल गरे पनि त्यसलाई जोगाउन सकेन।

जितसँगै युक्रेनले तीन अंक जोडेको छ। युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० ले पराजित भएको थियो। स्लोभाकियाले बेल्जियमलाई १–० ले पराजित गरेको थियो।

खेलको १७औँ मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्य गोललेपछि परेको युक्रेनका लागि ५४औँ मिनेटमा माइकोला र ८०औँ मिनेटमा रोमनले गोल गर्दै २–१ पहिलो जित दिलाए।

युक्रेनले समूह चरणको अन्तिम खेलमा २६ जुनमा बेल्जियमसँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *