कोपा अमेरिकामा उरुग्वेको सानदार सुरुवात

काठमाडौं । कोपा अमेरिका २०२४ मा उरुग्वेले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘सी’ को खेलमा पानामालाई ३-१ ले हराउँदै उरुग्वेले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

उरुग्वेको जितमा डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो र माटियास विनाले समान एक गोल गरे । पानामाका लागि माइकल अमिर मुरिलो एक गोल फर्काए ।

अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको खेलमा १६औँ मिनेटमा म्याक्सिमिलियानो अराउजोले उरुग्वेलाई सुरुवाती अग्रता दिलाए । ८५औँ मिनेटमा डार्विन नुनेजले गोल गरेपछि उरुग्वे २-० ले अघि बढ्यो । इन्जुरी समयको पहिलो मिनेटमा माटियास विनाले गोल गर्दा उरुग्वेले ३-० को अग्रता पायो ।

इन्जुरी समयका चौथो मिनेटमा माइकल अमिर मुरिलोले गोल फर्काए पनि पानामाले हार टार्न सकेन । यो जितपछि उरुग्वेले तीन अंक जोडेको छ । ऊ अहिले शीर्ष स्थानमा छ । समूह ‘सी’ अन्तर्गत नै आज बिहान भएको अर्को खेलमा अमेरिकाले बोलिभियालाई २-० ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *