कोपा अमेरिकामा कोलम्बियाको विजयी सुरुवात

काठमाडौं । कोपा अमेरिकामा फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘डी’ को खेलमा पाराग्वेलाई २-१ ले हराउँदै कोलम्बियाले विजयी सुरुवात गरेको हो ।

अमेरिकाको एनएजी स्टेडियम होस्टोनमा भएको खेलमा कोलम्बियाको जितमा ड्यानियल मुनोज र जेफर्सन लिर्माले एक-एक गोल गरे । पाराग्वेका लागि जेफर्सन लिर्माले एक गोल फर्काए ।

खेलको ३२औँ मिनेटमा कोलम्बियाका ड्यानियल मुनोजले गोल गर्दै अग्रता दिलाए । त्यसको १० मिनेटपछि जेफर्सन लिर्माले गोल गर्दै पहिलो हाफमै कोलम्बियाले २-० को अग्रता पायो ।

खेलको ६९औँ मिनेटमा पारग्वेका जुलियो इन्सियोले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि गोल हुन नसकेपछि कोलम्बियाले खेल २-१ ले आफ्नो पक्षमा पार्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *