तीन खेलमा दुई गोल हानेको इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौँ । जारी युरोकपको समूह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।

गएराती सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोल रहित बराबरीमा रोकिएका थिए । यी बराबरीपछि इङल्याण्ड समूह सी मा ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ । उसले पहिलो खेल १-० ले जितेको थियो भने दोस्रोमा १-१ को बराबरी खेल्दा तेस्रो खेल गोलरहित बराबरीमा सकियो ।

डेनमार्क र स्लोभेनिया भने ३-३ को बराबरी अंक र गोल अन्तरपनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहँदै नक आउटमा छनौट भएको छ । स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ ।

तेस्रो स्थानमा रहने ६ समूहका शीर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् । समूह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरेपनि बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *