सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर गयो भूकम्प
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १४ गते
![सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर गयो भूकम्प](https://www.makalukhabar.com/wp-content/uploads/2021/05/earthquake.jpg)
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।
२०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविद्हरू गर्दछन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित