युरोकपमा आजदेखि अन्तिम १६ का खेल, इटालीको सामना गर्दै स्वीट्जरल्याण्ड

काठमाडौं । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरण (अन्तिम १६)का खेल सुरु हुँदैछन् ।

नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

इटाली समूह बीमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इटालीले समूह चरणमा खेलेका ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो ।

इटालीले पहिलो खेलमा अल्बानियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अन्तिम खेलमा क्रोसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

त्यस्तै स्वीजरल्याण्ड समूह चरणमा समूह ए मा दोस्रो हुँदै नक आउट चरणमा पुगेको हो । स्वीजरल्याण्ड समूह चरणमा अपराजित रहेको छ । स्वीजरल्याण्डले पहिलो खेलमा हंगेरीलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १-१ को र तेस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

इटाली र स्वीजरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ खेल जितेको छ भने स्वीजरल्याण्डले ७ खेल जितेको छ । त्यस्तै २४ खेल बराबरी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *