नेपालले फोर नेसन्स कप नखेल्ने, लेबनान असुरक्षित
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १५ गते
![नेपालले फोर नेसन्स कप नखेल्ने, लेबनान असुरक्षित](https://www.makalukhabar.com/wp-content/uploads/2024/06/nea.png)
काठमाडौँ । नेपाली महिला फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगितामा अन्तिम समयमा सहभागिता नजनाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै सेडार्स वुमन्स इन्टरनेशनल टुर्नामेन्टमा भाग नलिने निर्णय लिएको जनाएको छ ।
जुलाई ८ देखि १६, २०२४ सम्म बेरुतमा हुने भनिएको सो प्रतियोगिताका लागि एन्फाले २२ सदस्यीय महिला टिमको घोषणा समेत गरिसकेको थियो ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित