कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा छौं : सिपी गजुरेल
मकालु खबर
२०८१ असार १५ गते
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले आफ्नो कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन् ।
पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता गजुरेलले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको तर्क गरे ।
नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्ने बताए । उनले कम्युनिष्टहरुले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए ।
नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्धको पनि लक्ष्य नभएको बताए ।
मकालु खबर
२०८१ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित