प्रतिनिधि सभाबाट एकै दिन तीन विधेयक पारित
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १६ गते
![प्रतिनिधि सभाबाट एकै दिन तीन विधेयक पारित](https://www.makalukhabar.com/wp-content/uploads/2024/06/samsad-mk-2-1-scaled.jpg)
काठमाडौं । प्रतिनिधि सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ ।
आईतवार बसेको प्रतिनिधि सभा बैठकले तीनवटा विधेयकहरुलाई पारित गरेको हो । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ ।
यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित