मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेटघाट
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १६ गते
![मुख्यमन्त्री कार्कीसँग स्वीस राजदूतको भेटघाट](https://www.makalukhabar.com/wp-content/uploads/2024/05/Hikmat-karki-mk-1.jpg)
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस राजदूतावासका कार्यवाहक राजदूत म्याट्थिस मेइरबीच आज भेटवार्ता भएको छ ।
भेटवार्तामा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालनमा रहेका कार्यक्रमका विषयमा छलफल भएको थियो ।
सो भेटमा स्वीस विकास सहायतासम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल हुनुकासाथै सङ्घीयता कार्यान्वयनका विषयमा द्विपक्षीय सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित