शंकर पोखरेलले खुलाए कांग्रेस-एमाले सहमतिको अन्तर्य
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
![शंकर पोखरेलले खुलाए कांग्रेस-एमाले सहमतिको अन्तर्य](https://www.makalukhabar.com/wp-content/uploads/2024/03/sankar-pokhreal-mk.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सहमति भएको बताएका छन् । महासचिव पोखरेलले सामाजिकसञ्जाल फेसबुकमार्फत कांग्रेस एमाले सहमति र त्यसको अन्तर्यबारे खुलाएका हुन् ।
उनले ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकामा संविधान संशोधनमा सहमत दललाई सहभागी गराउने बताएका छन् । ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने,’ महासचिवले भनेका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित