माओवादीको निष्कर्ष– कांग्रेस र एमाले पश्चगमनतिर जाने संकेत
मकालु खबर
२०८१ असार १८ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा पश्चगमनतिर जाने संकेत रहेको निष्कर्ष निकालेको छ ।
माओवादीका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखा परेको बताए ।
‘देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्ने कुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन्,’ उनले भने,‘संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखा परेको छ । यो बेठिक छ ।’
उनले देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्ने कुरा नै प्राकृतिक नभएको जिकिर गरे ।
मकालु खबर
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित