अग्निपीडितलाई प्रवासी नेपालीको दुई लाख ३० हजार सहयोग
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
![अग्निपीडितलाई प्रवासी नेपालीको दुई लाख ३० हजार सहयोग](https://www.makalukhabar.com/wp-content/uploads/2024/07/rahat-sahayog-mk.jpg)
पाल्पा । पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् ।
हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् । दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकम लत्ताकपडा उपलब्ध गराएका हुन् ।
गत वैशाखमा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका छ वटा घर नष्ट थिए । आगो जङ्गलबाट फैलिएको हो ।
दातृ संस्थाकी पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा आज नगद र लत्ताकपडा प्रदान गरिएको हो ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित