प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त
मकालु खबर
२०८१ असार १८ गते
काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् ।
उनलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सचिवमा नियुक्त गरेका हुन् ।
उनलाई नेपालको संविधानको धारा १०६ को उपधार १ बमोजिम सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अधिकारी सङ्खुवासभाका हुन् ।
मकालु खबर
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित