अनुसन्धान आयोगकी आयुक्तको घरमा महानगरले चलायो डोजर
मकालु खबर
२०८१ असार १९ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरको डोजर चलाइएको छ ।
ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै उनको घरको पर्खाल भत्काएको हो ।
घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ ।
तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।
मकालु खबर
२०८१ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित