हार्दिक पान्ड्या बने ‘नम्बर वान’ अलराउण्डर
मकालु खबर
२०८१ असार १९ गते
काठमाडौं । भारतीय अलराउन्डर हार्दिक पान्ड्या टी–२० वरियताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।
आइसिसीले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा हार्दिक दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।
उनले अमेरिका र वेष्ट इन्डिजमा भएको आइसिसी टी–२० क्रिकेटमा भारतलाई उपाधि जिताउन हार्दिकले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी सातौँ र कुशल मल्ल ३६ औँ स्थानमा यथावत् छन् ।
मकालु खबर
२०८१ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित