रास्वपाको कार्यवाहक महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, मनीष झा प्रवक्ता
मकालु खबर
२०८१ असार २० गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी र मनीष झा प्रवक्ता तोकेको छ । महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय गरेसँगै रास्वपाले उनीहरुलाई जिम्मेवारी दिएको हो ।
पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको छ । बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।
मकालु खबर
२०८१ असार २० गते
प्रतिक्रिया
सम्बन्धित