प्रचण्डमाथि लगातार खनिए बाबुराम- कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले…
मकालु खबर
२०८१ असार २० गते
काठमाडौं । प्रचण्ड सरकार संकटमा परेका बेला डा. बाबुराम भट्टराई उनीमाथि लगातार खनिएका छन् । पुराना सहकर्मी पूर्व प्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगातार शब्दवाण प्रहार गरिरहेका हुन् ।
बुधबार साँझ बालुवाटारमा राजीनामा बुझाउन पुगेका एमालेका मन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डले फत्तेमानको चर्चित गीत‘‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले..’ भनेका थिए । सोही गुनासोसम्बन्धी एउटा समचार सेयर गर्दै बाबुरामले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले भन्नु बढी तथ्यपरक होला !’
“कसैलाई माया गर्नु…” हैन “(कुर्सी)लाई माया गर्नु एउटा भूल गरें मैले..” भन्नु बढी तथ्यपरक होला ! https://t.co/n52tXK2Pph
— Baburam Bhattarai (@brb1954) July 4, 2024
मकालु खबर
२०८१ असार २० गते
प्रतिक्रिया
सम्बन्धित