एमाले बिनाको पहिलो मन्त्रिपरिषद् बैठक जारी
मकालु खबर
२०८१ असार २० गते
नेकपा एमाले सरकारबाट बाहिरिएपछिको पहिलो मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बसिरहेको हो।
एमाले बुधबार सरकारबाट बाहिरिएको थियो। एमालेबाट उपप्रधानसहित ८ मन्त्री बाहिरिएपछि बाँकी मन्त्रीहरुको बैठक बसिरहेको हो।
यस्तै अशोक राई नेतृत्वको पार्टीले पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। तर राजीनामा भने बुझाइसकेका छैनन्।
मकालु खबर
२०८१ असार २० गते
प्रतिक्रिया
सम्बन्धित