अर्जेन्टिना सेमिफाइनल पुग्दा मेस्सी गोलविहीन

काठमाडौं । इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ । त्यसकारण खेल निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछि टाईब्रेकर भएको थियो ।

टाईब्रेकरमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी क्रसबारमा लागेर बाहिरियो । अर्जेन्टिना सेमिफाइनलसम्म पुग्दा उनी यो जारी कोपा अमेरिकामा गोलविहीन छन् ।

आज पनि मार्टिनेज चम्किए । उनले इक्वेडोरका एन्जल मेना र एलन मिन्डाको पेनाल्टी बचाए । जोन येबोआह र जोर्डी काईसेडोले गोल गरे ।

अर्जेन्टिनाका लागि भने जुलियन अल्भारेज, एलेक्सिस मकयालिस्टर, गोन्जालो मोन्टीएल र निकोलस ओटामेण्डीले भने गोल गरे । अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेता विरुद्ध सेमिफाइनलमा खेल्नेछ । त्यो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *