शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा ‘जुलाई ज्याकपट’ अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरूको लागि जुलाई ज्याकपट अफर सुरु गरेको छ । यस अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा रु.४००० सम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सक्ने कम्पनीले जनाएको छ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भनिन् ‘हाम्रा नेपाली ग्राहकहरूले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौं । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौँ र यी यस्ता अफरहरूले हाम्रो इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ ।’

ग्राहकहरूले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरू र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

अफरहरू :

रेड्मी नोट १३ :
६/१२८ जीबी : पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,९९९ मात्र
८/२५६ जीबी : पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २६,९९९ मात्र

रेड्मी नोट १३ प्रो :
८/२५६ जीबी : पुरानो मूल्य रु. ३४,९९९ ,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *