भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा बेपत्ता दुई मजदुरको शव भेटियो
मकालु खबर
२०८१ असार २२ गते
काठमाडौं । भोटेकोशीमा हाइड्रोको ढलान भत्किएर बेपत्ता दुई मजदुरको शव फेला परेको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४ मा निर्माणाधिन भोटेकोसी १ जलविद्युत आयोजनाको ढलान खसेर उनीहरु बेपत्ता भएका थिए ।
शुक्रबार ढलान खसेपछि १० जना पुरिएका थिए । अन्यको सकुशल उद्धार गरे पनि दुई जना बेपत्ता भएका थिए । आज बिहान दुई जना मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ढलानले पुरिँदा ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् ।
मकालु खबर
२०८१ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित