बागमतीमा बाढी (तस्बिरहरु)

काठमाडौं । अविरल वर्षाका कारण बागमती नदीमा बाढी आएको छ । बाढीको बहाव खतराको तहभन्दा माथि पुगेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पानी पर्न नरोकिए काठमाडौँमा पनि बागमतीको पानी बस्तीमा पस्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिएको हो । उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाब बढ्दा खोलाछेउका बस्ती डुबानको खतरामा परेका छन् ।

काठमाडौँको गोकर्णेश्वर मन्दिर क्षेत्र, कपनको मिलनचोक क्षेत्र, बल्खुस्थित फलफूल बजार, गौशालाको नदि किनारका बस्तीहरु डुबानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *