माओवादीलाई कांग्रेसको जवाफ- संविधान संशोधन पश्चगमन होइन, अग्रगमनका लागि हो

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि हुने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले ठगी गर्नेहरूलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताए । उनले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताए । उनले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताए ।

उनले मुलुकमा राजनीतिक स्थिरता कायम हुन आवश्यक रहेको बताए । संविधानको उचित समीक्षा गरी समसामुहिक संशोधन गर्न आवश्यक रहेको बताए । मुलुकमा अब राजनीतिक स्थिरता, मुलुकका समस्या समाधान गर्ने सरकार बन्न आवश्यक रहेको बताए । संविधानको समसामुहिक संशोधन गर्न जरुरी रहेको बताए ।

उनले भने ‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छौँ । धेरै नयाँ त होइन पुरानो प्रयोग नै हो । मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ । त्यो स्थिति अब यसपछि अघि नबढोस् । राजनीतिक स्थिरता कायम हुन सकोस् । मुलुकमा विकास र समृद्धिका विषय अघि बढुन् । राष्ट्रिय हित र स्वार्थको रक्षा हुन सकोस्, हामीले संविधान जारी गरेको आठ वर्ष भइसकेको छ । संविधानको उचित समीक्षा गरेर यो संविधानको अभ्यासमा देखिएका जटिलताहरू, यसका सबल र दुर्बल पक्षहरूको समीक्षा गरेर संविधानको पनि समसामूहिक संशोधन हुन सकोस् । संविधानको समसामूहिक संशोधन भन्दा संशोधन गरेर समसामूहिक संशोधन भन्दा कतिपय कमरेडहरूलाई पश्चगमन लाग्छ । यो पश्चगमन होइन है । अग्रगमनका लागि गर्ने हो । हामीले संविधानको संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि हो । थप व्यवस्थित गर्नका लागि हो ।’

प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउनका लागि राज्य सत्ताको दुरुपयोग गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *